२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी

ADV
छबि सापकोटा
२०८१ असोज २ गते २२:०८
दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी

काठमाडौं : दशैं शुरु हुन दुई साता मात्र बाँकी रहँदा सडक यातायातमा अग्रिम टिकटको बुकिङ खुल्न सकेको छैन । दशैं मनाउन सहरबाट आफ्नो घर जानेको संख्या बढ्ने हुँदा अग्रिम टिकट बुकिङको पर्खाईमा यात्रु छन् । दशैंमा घर जानेका लागि यातायातको समस्या हुने हुँदा समयमै अग्रिम टिकट बुकिङ खुला गर्ने गरिन्छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले दशैंमा यात्रालाई सहज बनाउनका लागि सडक सुरक्षा र व्यवस्थापनको तयारी भइरहेको बताए ।  

यातायात व्यवसायी र सरकारबीच दशैंको लागि केही दिनमै अग्रिम टिकट बुकिङ खुलाका लागि बुधबार छलफल गरेका छन् । छलफलमा चाडपर्वको समयमा ठूलो संख्यामा यात्रुहरु काठमाडौंबाट बाहिरिने र केही दिन लगत्तै फर्किने भएकाले सार्वजनिक यातायात सहज बनाउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए । उनले प्रत्येक यात्रुलाई सुरक्षित रुपमा घर पु¥याउने व्यवस्था मिलाउन निर्देशन दिए । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन र चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए । 

दशैंका अवसरमा सहजसँग यात्रुलाई घर जाने वातावरण बनाउन विभागले व्यवसायीसँग समन्वय गरेर अग्रिम टिकट बुकिङ खुलाउने जनाएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयन र अहिलेको सडक अवस्थालाई सुधारको बिषयमा छलफल भएको र अब छिट्टै नै अग्रिम टिकट खुल्ने बताए । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्ने लगायत काम भइरहेको बताए । विशेष परिस्थितिबाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिनेगरी यात्रालाई सहज बनाउने तयारी भइरहेको उनले बताए ।

दशैंको लागि हवाई कम्पनीहरुले टिकट बुकिङ लिइरहेका छन । वायुसेवा सञ्चालक संघले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइहरेको छ । संघका प्रवक्ता मुरारीधर जोशीले दशैंलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप बढेको छ । बसबाट यात्रा गर्नेका लागि समेत  डिजिटल माध्यमबाट बसको टिकट काट्ने सुविधालाई थप व्यवस्थित बनाउने गरी तयारी भइरहेको विभागले जनाएको छ । सहरमा रोजगारी, अध्ययन र वैदेशिक रोजगारीको लागि गएका समेत चाडपर्व मनाउन गाँउ फर्कने हुँदा सडकबाट र हवाई यात्रा गर्नेहरुका लागि अग्रिम बुकिङ खुलाउने अभ्यास हुँदै आएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise