२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

टाटाको इभी पन्च एकैपटक चार शहरमा लन्च

ADV
मध्यान्ह
२०८१ असोज २ गते २२:१०
टाटाको इभी पन्च एकैपटक चार शहरमा लन्च

काठमाडौं : टाटाको पन्च इभी एकैपटक चार शहर चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी चारवटै सहरमा एकै दिन औपचारिक रुपमा लन्च गरिएको सिप्रदीले जनाएको हो ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने सहभागी थिए ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्चइभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिक रुपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ थियो । उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए । भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए । 

कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । टाटा पन्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पन्च ईभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कारप्ले जस्ता उच्चप्रविधि र सुविधा रहेको कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise