२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने

ADV
मध्यान्ह
२०८१ असोज २ गते २२:१४
ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने

काठमाडौं :ठमेल प्लाजा होटल एण्ड सुइट्सले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १० लाख कित्ता शेयर जारी गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । आईपीओ निष्काशन सम्बन्धी कार्यका लागि सम्झौतापत्रमा एसबीआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले हस्ताक्षर गरे ।

ठमेल प्लाजा होटल काठमाडौं महानगरपालिका १६ स्थित ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा ‘रमदा इन्कोर काठमाडौं ठमेल’ को नामबाट विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । होटलले ९० वटा कोठामार्फत् आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा प्रदान गरिरहेको छ । सो होटलले हङकङस्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एशिया प्याशिफिक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ । साथै रमदा इन्कोर काठमाडौं ठमेल नामक ट्रेडमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको छ ।

अमेरिकाको न्यूजर्सी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स् एण्ड रिसोर्टअन्तर्गत संसारभरी ९ हजार १ सयभन्दा बढी होटल तथा रिसोर्टहरु सञ्चालनमा छन् । वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत हाल २५ वटा ब्राण्डहरुमध्ये रमदा ६३ देशमा ८५१ वटा होटलहरु सञ्चालनमा रहेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise