२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेपालमा थपियो पाइलट पेनको दोस्रो शोरुम, सातै प्रदेशमा विस्तारको तयारी

ADV
मध्यान्ह
२०८१ असोज ३ गते १५:३५
नेपालमा थपियो पाइलट पेनको दोस्रो शोरुम, सातै प्रदेशमा विस्तारको तयारी

काठमाडौं : ४० वर्षदेखि नेपालमा व्यापार व्यवसाय गर्दै आएको पाइलट पेनको दक्षिण एसियामै नेपालमा मात्रै शोरुम रहेको छ । त्यसमा पनि एउटाबाट दुई वटा बनेको छ । अब सातै प्रदेशमा शोरुम खोल्ने तयारीसहित पाइलट कम्पनी जापानका दुई प्रतिनिधि नेपाल आएर दोस्रो शोरुम उद्घटान गरेका हुन् ।

विश्वकै लोकप्रिय पेन कम्पनी पाइलट पेनले काठमाडौंको पुतलीसडकमा आफ्नो आउटलेट खोलेको छ । जापानबाट आएका पाइलट पेन कर्पोरेसनका उच्च अधिकारीले आउटलेटको उद्घाटन गरेको कम्पनीका नेपाल सञ्चालक शैलेश गोयलले जानकारी दिएका छन् ।

आउटलेटमा सामान्यदेखि ८८ हजार रूपैयाँसम्मका पेन बिक्रीमा छन् । उपहारका लागि महँगा पेनहरू माग हुने पाइलट पेनको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी फेयर ट्रेडकी सञ्चालक मिन अग्रवालले बताइन् ।

पाइलट पेनले ललितपुर, पोखरालगायतका शहरमा पनि आउटलेट खोल्ने तयारी गरेको छ । आउटलेट उद्घाटनका लागि नेपाल आएका पाइलट पेन कर्पोरेसनका सहायक प्रबन्धक रुहेई इटोले उच्च गुणस्तरकै कारण पाइलट पेन विश्वभरि लोकप्रिय रहेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise