२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

स्काइवर्थले ल्यायो दशैं तिहार अफर

ADV
मध्यान्ह
२०८१ असोज ३ गते २१:०२
स्काइवर्थले ल्यायो दशैं तिहार अफर

काठमाडौं : स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले चाडपर्वको अवसरमा अफर ल्याएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गरेर ‘स्काइवर्थ सपना साकार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको हो । 

सो अफर अन्तर्गत ग्राहकहरुले बम्पर पुरस्कारमा एमजी कमेट ई भी कार जित्न सक्ने छन् । विभिन्न होम अप्लायन्सहरुमा ४० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् । साथै, हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्ने छन् । यो दशैं तिहारको अफरमा अन्य थुप्रै पुरस्कारहरु पनि उपलब्ध छन् ।

स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरु उपलब्ध गराउँदै आएको छ । सो अफर असोज १ गते देखि कात्तिक ३० सम्म लागू हुने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise