२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

फूडमाण्डूले ल्यायो ‘बडा धमाका’ क्याम्पेन

Nada
२०८१ असोज ३ गते २१:०३
Shares
फूडमाण्डूले ल्यायो ‘बडा धमाका’ क्याम्पेन

काठमाडौं : फूड डेलिभरी कम्पनी फूडमान्डूले विजयादशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन ल्याएको छ । हरेक महिनाको पहिलो हप्ता चल्ने फूडमान्डू डबल धमाका क्याम्पेन यस बडा दशैंमा झनै ठूलो हुने कम्पनीले जनाएको छ ।

ncell

बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी  रेस्टुरेन्टहरुको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । यसबारे बोल्दै फूडमान्डूकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले भनिन्, ‘हाम्रा ग्राहकहरुका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ, यसको लागि हामीले फूडमाण्डूमा स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौं ।’

बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्नेछ । ग्राहकहरुले अब परिवार र  साथीभाईसँग, फूडमाण्डूको एप वा वेबसाइटबाट केही क्लिकमै दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्ने कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर