२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न

ADV
मध्यान्ह
२०८१ असोज ३ गते २१:०७
भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न

काठमाडौं : भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरमा डिलर मिट सम्पन्न भएको हो । कम्पनीकाअनुसार डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता रहेको थियो ।

सो अवसरमा भिडोल इन्टरनेशनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थिति उत्साहप्रद रहेको उल्लेख गर्दै कम्पनीको अवको रणनीति र विश्व बजारमा भिडोललाई अझै उल्लेख्य रुपमा पुर्‍याउने कम्पनीको योजना बारेमा जानकारी दिएका थिए ।

युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्रकुमार मिश्रले भिडोललाई नेपाली ग्राहकका बीच पुर्‍याउनमा डिलरहरुको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै आगामी दिनमा समेत सदैव सहकार्यको अपेक्षा गरे । त्यस्तै, युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले कम्पनीले उत्पादन गर्ने विभिन्न उत्पादन र भविष्यको योजना वारेमा प्रस्तुतीकरण गरेका थिए ।

सो अवसरमा भिडोल लुब्रिकेन्टमा विगत ९ वर्ष देखि कार्यरत रहेर लामो समय सम्म सेवा गरेकोमा जनरल म्यानेजर दिनेश खनाललाई ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरिएको थियो भने सबै डिलर प्रतिनिधिहरुलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो । अब नेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन शुरु भएको छ । विश्वका १२ देशमा भिडोलको ब्रान्ड लाइसेन्स उपलब्ध भएको र यो लाइसेन्स प्राप्त गर्ने नेपाल १२औं देश बनेको छ ।

भिडोल लुब्रिकेन्ट उत्पादनका लागि धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजले उद्योग स्थापना गरेको छ । यहाँ मासिक रुपमा प्रतिसिफ्ट १० लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise