२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

वर्ल्ड इकोनोमिक फोरमबाट आयोनले पायो अवार्ड

ADV
मध्यान्ह
२०८१ असोज ३ गते २१:०९
वर्ल्ड इकोनोमिक फोरमबाट आयोनले पायो अवार्ड

काठमाडौं : आयोन ब्रान्डले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइटहाउस अवार्ड प्राप्त गरेको छ । नयाँ प्रविधिहरुको प्रयोग गरेर उत्पादन गर्ने तरिका सुधार गरेबापत कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । उन्नत स्वचालन, कृत्रिम बुद्धिमत्ता, र वातावरणमैत्री अभ्यासहरुले आयोनलाई गाडी निर्माण उद्योगमा अलग बनाएको कम्पनीले जनाएको छ ।

सो अवार्डले जीसीए आयोनको चौथो औद्योगिक क्रान्ति (४आईआर) प्रविधिहरुको कार्यान्वयनलाई मान्यता दिन्छ, जसले उत्पादन प्रक्रियाहरुलाई उल्लेखनीय रुपमा सुधार गरेको छ । जीसीए आयोनको कारखाना नयाँ ऊर्जा सवारी साधन (एनईभी) ५३ सेकेन्डमा असेम्बल गर्न सक्षम छ, जुन अन्य धेरै नवीन उपलब्धिहरु मध्ये एक भएको कम्पनीले जनाएको छ ।

वर्ल्ड इकोनोमिक फोरमबाट प्राप्त यस अवार्डले जीसीए आयोनलाई उन्नत प्रविधिहरुको प्रयोगमा शीर्ष रहेको पुष्टि गरेको कम्पनले दाबी गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise