२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पठाओको दशैं महोत्सव, बम्परमा मोटरसाइकल

Nada
२०८१ असोज ३ गते २१:१०
Shares
पठाओको दशैं महोत्सव, बम्परमा मोटरसाइकल

काठमाडौं : राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले दशैंको अवसरमा महोत्सव शुरु गरेको छ । कम्पनीले पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुलाई लक्षित गरेर ‘पठाओ दशैं महोत्सव २०८१’ शुरु गरेको हो ।

ncell

महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुले अधिक कमाई गर्न सक्ने कम्पनीले जनाएको छ । हमालकाअनुसार दसैं महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमाा ल्याइएको हो । ‘पठाओले राइड सेयरिङ सुविधा अहिले नेपालभर दिएको भए पनि यो महोत्सव काठमाडौं उपत्यकाका लागि मात्र हो,’ उनले भनिन् ।

साथै दैनिक १ प्रतिशत कमिसन अफर पनि भएकाले यो महोत्सव चालकहरुका लागि थप कमाई गर्ने राम्रो अवसर भएको हमालको भनाइ छ । उनका अनुसार दैनिक १ प्रतिशत कमिसन अफरमा चालकहरुले दैनिक राइड लिँदै जाँदा अफिसलाई तिर्नुपर्ने कमिसन घट्दै जाने र दैनिक १ प्रतिशतसम्म पुग्नेछ । धेरै राइड वा डेलिभरी गर्नेमध्येबाट लक्की ड्रबाट तीनजना विजेता छनोट गरिने हमालले बताइन्। विजेताले होण्डा साइन १२५ सिसी मोटरसाइकल बम्पर उपहार पाउनेछन्।

बम्पर उपहारको लक्की ड्रमा पर्नका लागि २१ दिनभित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरुले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सिआर (कम्प्लेसन रेट)वा एसआर (सक्सेस रेट)पूरा गर्नुपर्नेछ । हालका लागि पठाओ राइडर बन्न इच्छुकहरुका लागि निःशुल्क दर्ताको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर