२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सिजीले ल्यायो दशैंमा १० सुनको सिक्का जित्ने अफर

ADV
मध्यान्ह
२०८१ असोज ४ गते १४:१७
सिजीले ल्यायो दशैंमा १० सुनको सिक्का जित्ने अफर

काठमाडौं : सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डिए)ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैंमा १० अफर’ ल्याएको छ ।

यस अभियानअन्तर्गत दश भाग्यशाली ग्राहकले १०/१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अरवसर प्राप्त गर्नेछन् । यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश रहेको कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्यरुपमा स्क्यान गरी आफ्नो विवरण समावेश गर्नुपर्नेछ ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायरलगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ । यो अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिका लागि लागू हुने सिजीले‍ बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise