२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

भिभोको ‘भिभो भि४०’ नेपालमा सार्वजनिक

ADV
मध्यान्ह
२०८१ असोज ४ गते २१:२७
भिभोको ‘भिभो भि४०’ नेपालमा सार्वजनिक

काठमाडौं : नेपालमा भिभो भी४० सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो नयाँ फोन नेपाली बजारमा सार्वजनिक गरेको हो । जाइससँगको इन्जिनियर सहकार्यमा तयार गरिएको भि४० व्यावसायिक स्तरको पोट्रेट सिस्टम सहितको नवीनतम स्मार्टफोन भएको कम्पनीले जानकारी दिएको छ ।

यो मोबाइलबाट लिइने पोट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पु¥याउने गरी डिजाइन गरिएको छ । जहाँ, प्रयोगकर्ताहरुले चलचित्र गुणस्तरका शानदार पोट्रेट भिडियोहरु खिच्न सक्नेछन् । भिभोको ५५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन भिभो भि४० मा उच्च ‘थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । यसले यो फोनको आकर्षक दृश्य उत्कृष्टता र टिकाउपनको दुवैको सुनिश्चितता गर्दछ ।

भिडियो प्रेमीहरुका लागि, जाइस् फोकस ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडियो संकलन गर्न उत्कृष्ट हुने छ । किनकि यसले भिडिओको विषयवस्तुलाई फोकसमा राख्दै सहज फोकस परिवर्तनको सुनिश्चितता गर्ने कम्पनीले जनाएको छ । ६५ हजार ९ सय ९९ रुपैयाँमा पाइने यो फोनको लागी प्री–बुक गर्दा आकर्षक उपहारहरु पनि उपलब्ध हुनेछन् । कम्पनीकाअनुसार प्री–बुक गर्ने ग्राहकहरुलाई एक सेट इयरबड्स र पहिलो तीन महिना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टी दिइने जनाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise