२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

ADV
मध्यान्ह
२०८१ असोज ४ गते २१:२९
नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको हो ।

मधेश प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी सबै अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, स्किममा व्यवस्था भएअनुरुप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रप्रसाद खत्रीले सो कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए । सीईओ खत्रीले अभिकर्ताहरुको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीइओ स्किम ल्याइएको र नेपालभरबाट तीन सय भन्दा बढी अभिकर्ताहरु छनौट भएको जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise