२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी हुने संविधान संशोधन अस्वीकार्य : अध्यक्ष नेपाल 

ADV
लेखनाथ सिकारु
२०८१ असोज ५ गते १२:१९
जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी हुने संविधान संशोधन अस्वीकार्य : अध्यक्ष नेपाल 

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी हुने संविधान संशोधन अस्वीकार्य भएको बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभामा अध्यक्ष नेपालले जनताले लामो समयसम्म गरेको संघर्ष, त्याग र बलिदानका कारण अहिलेको उपलब्धि हासिल भएको भन्दै जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई अस्वीकार्य भएको बताएका हुन् ।

मुलुकको राष्ट्रियता, अखण्डता र जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी संविधान संशोधन हुन नसक्ने उनको भनाइ छ ।  उनले संविधानमा संशोधन गर्नुपर्ने भएपनि मध्यरातमा दुई दलले मात्र सम्झौता गर्नुको पछि शंका गर्ने प्रसस्त ठाउँ रहेको बताए ।

‘अहिले संविधान संशोधनको चर्चा चलिरहेको छ । संविधान संशोधन गर्न नसकिने होइन । तर मध्यरातमा दुई दललेमात्र त्यसमा सम्झौता गर्नुपर्ने आवश्यकता थिएन’, अध्यक्ष नेपालले भने, ‘यसबारेमा नियत र उद्देश्यमाथि प्रश्न खडा भएको छ ।’

उनले राष्ट्रियता र लोकतन्त्रको पक्षमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको भन्दै कसैले आफूलाई बेवास्ता गरेमा त्यो स्वीकार्य नहुने बताए ।

उनले नेताहरूमा देश बनाउने हुटहुटी चाहिने भन्दै त्यो हुटहुटी नभएमा हावादारी योजनाले मात्र केही प्रगति नहुने तर्क गरे । सत्तामा जाने र जिम्मेवारी नलिने प्रवित्ति राजनीतिक पार्टीका नेता कार्यकर्तामा रहेकोले नेता कार्यकर्ताहरू पैसा कमाउन र भ्रष्टाचार गर्न नभई जनताको सेवामा समर्पित हुनुपर्ने बताए ।

पछिल्लो सयममा पार्टीप्रति आकर्षण बढेको भन्दै महाधिवेशनमा भएको गल्तीलाई स्वीकार गर्दै एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, बाग्मती इञ्चार्ज गंगालाल तुलाधर, महासचिव घनश्याम भुसालले आफ्ना धारणा राखेका थिए । पार्टीको वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise