२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

३० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

ADV
मध्यान्ह
२०८१ असोज ६ गते ११:३६
३० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

काठमाडौंः नेपाल राष्ट्र बैंकले ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गरी ३०  अर्ब निक्षेप तान्न लागेको हो । 

बैंकिङ प्रणालीबाट संकलन गरिने निक्षेपको बोलकबोल आज अपराह्न ३ बजे रहेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो १४ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी असोज २० गते रहेको छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम जारी छ । साथै अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। यसैअनुरुप केन्द्रीय बैंकले समय–समयमा निक्षेप तान्ने गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise