२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

ज्योति विकास बैंकद्वारा थ्री डि प्रिन्टेड कृत्रिम हात हस्तान्तरण

ADV
मध्यान्ह
२०८१ असोज ६ गते २१:१४
ज्योति विकास बैंकद्वारा थ्री डि प्रिन्टेड कृत्रिम हात हस्तान्तरण

काठमाडौं : ज्योति विकास बैंकले ई–नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्री डि प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत बैंकले उक्त कार्य गरेको हो ।

ई–नेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले उक्त कृत्रिम हातहरु ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरेको हो । 

प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ । हालसम्म बैंकले यस्ता कृतिम हातहरु २६ जना बालबालिकालाई प्रदान गरी उनीहरुको जीवन रुपान्तरण गर्न सहयोग गरिसकेको जनाएको छ । 

बैंकले आफ्नो १६औ वार्षिकोत्सवको अवसरमा ई–नेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise