२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एनएमबि खेती कर्जाका लागि बागमती गाउँपालिकासँग सम्झौता

Nada
२०८१ असोज ६ गते २१:१६
Shares
एनएमबि खेती कर्जाका लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडौं : एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपूरबीच एनएमबी खेती कर्जाको विषयमा सम्झौता भएको छ । गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्नेगरी त्रिपक्षीय सम्झौता भएको हो ।

ncell

सम्झौतापत्रमा बैंकका तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रालिको तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाका अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका हुन् । एनएमबि बैंक र डि.भी एक्सेलस प्रालिबीच खेती एपमार्फत् किसानलाई डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भए बमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आएको छ । 

बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिलाई सो डिजिटल कर्जामार्फत् कर्जा लगानी सहज बनाउनका लागि तीनै वटा संस्थाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, किसानहरुलाई कर्जाको लागि सहजीकरण गर्ने, ऋणीलाई अन्य विभिन्न खालका परामर्श सेवाहरु प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने विषयहरुमा सहमति भएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरुलाई कृषि व्यवसायमा उत्प्रेरित गर्न विभिन्न कार्यक्रमहरु गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर