२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

सन नेपाल लाइफद्वारा दुईवटा बीमा योजना सार्वजनिक

ADV
मध्यान्ह
२०८१ असोज ६ गते २१:१८
सन नेपाल लाइफद्वारा दुईवटा बीमा योजना सार्वजनिक

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईवटा नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमांक रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख (पचास लाख) रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको सन नेपाल लाइफले जनाएको छ । ‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । 

यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरेको कम्पनीको दाबी छ । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा एक लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपतकालीन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिनसक्ने अपेक्षा कम्पनीको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise