२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

धुलिखेलमा समाजवादी ‘समर क्याम्प’ : युवाहरुमा प्रगतिशील चेतको निर्माण गर्ने उद्देश्य

ADV
लेखनाथ सिकारु
२०८१ असोज ६ गते २१:४१
धुलिखेलमा समाजवादी ‘समर क्याम्प’ : युवाहरुमा प्रगतिशील चेतको निर्माण गर्ने उद्देश्य

काठमाडौं : युवाहरुमा प्रगतिशील चेतको निर्माण गर्ने उद्देश्यले काभ्रेको धुलिखेलमा समाजवादी ‘समर क्याम्प’ सञ्चालन गरिएको छ । इन्टरनेशनल लिग अफ सोसलिस्ट युथ, इल्सीले तीन दिने समर क्याम्प  सञ्चालन गरेको हो । 

क्याम्पमा नेपालको समसामयिक सामाजिक तथा राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन, भू–राजनीति र विज्ञान तथा प्रविधिको विकाससँगै युवाको भूमिकाबारे छलफल र विषय चलाइएको थियो । सातै प्रदेशबाट सहभागी भएका ७० जना युवाले यस कार्यक्रममा सहभागिता जनाएका थिए । समर क्याम्प फर सोसलिस्ट युथ २०२४ ले युवाहरूलाई प्रगतिशील चेतको निर्माण गर्दै वैचारिक संवाद गर्ने, र नयाँ दृष्टिकोणहरू निर्माण गर्ने वातावरण निर्माण गर्नेछ । कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्टिय समाजवादी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, यसको आजको सन्दर्भमा र भविष्यमा खेल्नसक्ने भूमिकाको विषयमा अन्तरक्रिया गरिएको बताइएको छ । 

कार्यक्रमको उद्देश्य युवाहरूलाई केवल राजनीतिक रूपमा सशक्त बनाउनु मात्र नभइ, समाजवादी आन्दोलनको कार्यदिशा, रणनीति, र कार्यनीतिबारे गहन अन्तरक्रिया गर्नु र युवाहरूलाई जानकारी गराउनु रहेको आयोजकले जनाएको छ ।  

युवाहरूलाई विज्ञान र प्रविधिको विकाससँगै समाजमा कसरी युवाहरूले भूमिका खेल्ने भन्ने विषयमा पनि छलफल गरिएको थियो । धुलिखेलको सुन्दर वातावरणमा सम्पन्न भएको समर क्याम्पले सहभागी युवाहरूलाई नयाँ ऊर्जासहित समाजवादी आन्दोलनमा लाग्न उत्प्रेरित गर्ने अपेक्षा रहेको आयोजकको रहेको छ । यो स्कूलले समाजवादी आन्दोलनमा युवाहरूको भूमिकालाई अझ स्पष्ट रूपमा परिभाषित गरेको र यसलाई व्यवहारमा उतार्न आवश्यक कदमहरूबारे छलफल भएको छ । सम्बन्धित क्षेत्रका विज्ञ वक्ताहरूको अनुभव र विज्ञताले सहभागी र आयोजक संस्थालाई थप ऊर्जा प्रदान गरेको छ ।

क्याम्पको समापनमा, सहभागीहरूले यो कार्यक्रम केवल एक सिकाई सत्र मात्र नभइ, एक प्रेरणादायी अनुभव भएको बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएर समाजवादी आन्दोलनलाई बलियो बनाउन आग्रह गरेका छन् । 

यस समर क्याम्पले नेपालको समाजवादी आन्दोलनमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ र यो सिकाइको प्रक्रिया निरन्तर अगाडि बढ्ने विश्वास रहेको इल्सीका सेक्रेटरी माधव पन्तले बताए । 

१५वटा सत्रमा संगठनका सदस्हरू सुदिप शर्मा, प्रकाश सी, नरेन्द्र सी, सुवित ढुंगाना, नवराज ऐर, प्रेमा लामा र सावित्री केसीले सहजीकरण गरेका थिए । 

कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, राजनीतिज्ञ अनिल सी, अर्थ राजनितिक विश्लेषक हरी रोका, भौतिकशास्त्री प्रा.डा.दीपक प्रसाद सुवेदी, नेपाल चीन सम्बन्धका जानकार डा.लिला न्याइच्याइ, संविधानविद् डा.चन्द्रकान्त ज्ञवाली, काभ्रे जिल्ला समन्वय समिती संयोजक दिपक गौतम, मोटिभेश्नल स्पकर नर बहादुर कार्की, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, इन्जिनियर डा. राम लामा, कृषि क्षेत्रका जानकार प्रमेश पोखरेल, सहायक प्राध्यापक विर्जेश मिश्र, शिक्षाविद डा.चन्द्रप्रसाद लुइटेल लगायतका वक्ताहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा इल्सीका अध्यक्ष सुवोध सेर्पालीको अध्यक्षतामा भएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise