२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

ADV
मध्यान्ह
२०८१ असोज ७ गते १३:३७
सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

काठमाडौं : सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड (साटा)२०२४ प्राप्त गरेका छन् ।

सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल/रिसोर्टको रूपमा साटा अवार्ड पाएको हो ।

यस्तै चितवनको चुम्लिङटारमा पृथ्वीराजमार्गसँगै त्रिशूली नदि किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभरफ्रन्ट होटल/रिसोर्टका रूपमा अवार्ड पाएको हो ।

हस्पिटालिटीका जनशक्तिको अथक मेहनतका कारण यो महत्त्वपूर्ण अवार्ड प्राप्त भएको हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक कृष्ण भण्डारीले बताए ।

साटाका संस्करणहरू दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिँदै आइएको छ । यस पटकको आठौ संस्करण होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको हो ।

दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ ।

कार्यक्रममा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चार माध्यमको सहभागिता थियो ।

सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलहरू सञ्चालनमा छन् ।

जसमध्ये साटा अवार्ड प्राप्त गर्ने दुई होटल सिद्धार्थ वैभवअन्तर्गतको ब्रान्डमा पर्दछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise