२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

५९.०२ को उच्च अंकले घट्यो नेप्से परिसूचक

Nada
२०८१ असोज ७ गते १५:११
Shares
५९.०२ को उच्च अंकले घट्यो नेप्से परिसूचक

काठमाडौंः सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज परिसूचक ५९.०२ अंकले घटेर दुई हजार पाँच सय २९  दशमलव ३३ अंकमा कायम भएको छ । आज १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । एक कम्पनीको शेयर मूल्य स्थिर छ । 

ncell

यस्तै, आज तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ को कारोबार भएको छ । आज सबैभनदा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ताजा खबर

सम्बन्धित खबर