२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

जावलाखेल खेलकुद मैदानमा दशैं महोत्सव हुने

shivam cement
२०८१ असोज ७ गते १५:३२
Shares
जावलाखेल खेलकुद मैदानमा दशैं महोत्सव हुने

दशैंको अवसर पारेर ललितपुरको जावलाखेलस्थित जावलाखेल खेलकुद मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्षदेखि नेपालका विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्थाले उक्त महोत्सव आयोजना गर्न लागेको हो ।

नेपालमै उत्पादित घरेलु तथा औद्योगिक सामग्री, लत्ताकपडा, जुत्ता तथा घरेलु सामग्रीलगायतको प्रदर्शनी, बजार प्रवर्द्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्यमीलाई प्रोत्साहन गर्ने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ असोज ११ गतेदेखि शुरु हुने महोत्सव असोज २२ गतेसम्म चल्ने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

अध्यक्ष महतले महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरुको प्रदर्शनी तथा बिक्री वितरण, औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटोमोबाइल, मोबाइल, इलेक्ट्रोनिक समानहरुलगायतको प्रदर्शनी तथा बिक्री वितरण, हस्तकला सामग्रीका प्रदर्शनी तथा बिक्री वितरणसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उत्पादित विभिन्न सामानहरुको प्रदर्शनी, बिक्री वितरण तथा बजार व्यवस्थापन हुने बताए ।

मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर तथा मेला महोत्सवमा घुम्न आउने बालबालिका तथा अन्य व्यक्तिहरुका लागि बाल उद्यान, रोटेपिङ, ब्रेक डान्स, मारुती सर्कसलगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुको पनि व्यवस्था गरिने अध्यक्ष महतले जानकारी दिए ।

हरेक मेला महोत्सवको आकर्षणको रुपमा रहेको सांस्कृतिक कार्यक्रम पनि यो मेलामा रहने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा ख्याति प्राप्त गायक, गायिका, हास्यकलाकार, जादुगरहरुले पनि महोत्सव स्थलमा घुम्न आउने व्यक्तिहरुलाई भरपुर मनोरञ्जन दिने आयोजकको भनाइ छ ।

भव्यरुपमा तयारी भइरहेको यस महोत्सवमा २०० भन्दा बढी स्टलहरु हुनेछन् । साथै यसपटक महोत्सव स्थलभित्र प्रवेश गर्नका लागि प्रवेश निःशुल्क गरिएको छ भने मेला अवधिभर ५ लाखभन्दा बढीले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

ADV

सम्बन्धित खबर