काठमाडौं : एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपालको सेमिफाइनल यात्र समाप्त भएको छ ।
कोलम्बोको पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६१ रन बनायाे । नेपालले पहिलो विकेटका रुपमा ४५ रनको साझेदारी गरेको छ । तर ओपनर रित गौतम ३२ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आसिफ शेख मात्र तीन रनमा बाहिरीदा नेपालले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो ।
तेस्रो विकेटका लागि पवन सराफ र कुशल मल्ल विच ३९ रनको साझेदारी भएको थियो । तर कुशल २८ रनमा आउट भएपछि नेपालले ९३ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि रोहित पौडेल र पवन सराफ विच ६६ रनको साझेदारी भएपछि नेपालले एक सय ५० रन पुरा गर्यो । रोहित १४ रनमा आउट भएपछि नेपालले एक सय ५९ रनमा चौथो विकेट गुमायो ।
पवन पनि ब्यक्तिगत ८१ रनमा आउट भएपछि नेपालले एक सय ७३ रनमा पाँच विकेट झार्न पुग्यो । त्यसपछि सन्दिप जोराले पनि नेपालका लागि अर्धसतक प्रहार गरे । छैटौं विकेटका लागि सन्दिप र भिम शार्कीले ६७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । तर भिम ब्यक्तिगत २१ रनमा आउट भएपछि नेपालले दुई सय ४४ रनमा छैटौं विकेट गुमायो । त्यसको लगत्तै सन्दिप जोरा पनि ५६ रनमा आउट भएपछि नेपालले सातौ विकेट गुमायो ।
नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४९ ओभर २ बलमा ६२ रन बनायो । बंगलादेशका लागि टोहिद हेर्दाेय र अकबर अलिले अर्धशतकीय पारी खेले । अकबरले ९८ रन बनाउँदा टोहिद ६० रन बनाउन सफल भए । त्यस्तै बंगलादेशका हशन जोयले ४० रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि कमलसिंह ऐरीले दुई विकेट लिए । त्यस्तै राशिद खान र हरिबहादुर चौहानले समान एक–एक विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies