२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

रोयल टुलिपले बुढानीलकण्ठमा लक्जरी रिसोर्ट खोल्ने

ADV
मध्यान्ह
२०८१ असोज ७ गते २०:२१
रोयल टुलिपले बुढानीलकण्ठमा लक्जरी रिसोर्ट खोल्ने

काठमाडौं : लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल टुलिपले काठमाडौं बुढानीलकण्ठमा लक्जरी रिसोर्ट बनाउने भएको छ । १८० करोड नेपाली रुपैयाँको लगानीमा रिसोर्ट निर्माण हुन लागेको हो ।

२६ रोपनी जमिनमा फैलिने सो रिसोर्टले ७५ विस्तारित कोठा, आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी डिजाइन गरिएको छ । पाँच सय जनालाई सेवा दिने बैंक्वेट हल, विश्वस्तरीय स्पा, स्टीम रुम, निजी जकुजी, र अन्य सुविधाहरु रिसोर्टमा उपलब्ध हुनेछन् ।

यो परियोजनाको नेतृत्व अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक तथा ग्लोबल इक्विटी फण्ड लिमिटेडका सह–संस्थापक आशिष ढकालले गरेका छन् । रोयल टुलिप सारोवर होटल्सको औपचारिक हस्ताक्षर समारोह मंगलबार नयाँ दिल्लीमा सम्पन्न हुने जनाइएको छ ।

सारोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले रिसोर्ट बन्न लागेकोमा खुसी व्यक्त गरे । भारत, अफ्रिका, अष्ट्रेलिया, फ्रान्स, र बेलायतमा ४५ वर्षभन्दा बढीको अनुभव सँगालेका बाकायाले सारोवर होटल्सको उल्लेखनीय वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । रोयल टुलिप बुढानीलकण्ठ रिसोर्टले नेपालको बढ्दो पर्यटन क्षेत्रलाई उल्लेखनीय रुपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise