२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

Nada
२०८१ जेठ ३१ गते २१:१६
Shares
यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात एक सय शेयरबापत १५ शेयर अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

ncell

यस्तै, हकप्रद शेयर जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा फेरवदल गर्ने निर्णय साधारण सभाले गरेको छ । साथै, कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या दुई लाख दुई हजार ६१८ बीमा शुल्कबापत दुई अर्ब ३६ करोड ७८ लाख ७७ हजार नौ सय ३९ आर्जन गरी तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख २४ हजार २१५ रुपैयाँ खुद नाफा आर्जन भएको जानकारी दिएका थिए । कम्पनीले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोही अवधिमा आठ हजार एक सय ८१ वटा दाबीको रकम एक अर्ब २६ करोड ६४ लाख ९४ हजार दाबी भुक्तानी गरेको र कोभिड बीमा दाबीबाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या तीन हजार सात सय ३७ कायम गर्न सफल भएका जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर