२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको ‘पार्टनरशीप’

ADV
मध्यान्ह
२०८१ जेठ ३१ गते २१:१९
फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको ‘पार्टनरशीप’

काठमाडौं : दशौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । हलका दर्शक तथा एक्स्पोका अवलोकनकर्तालाई सहुलियत दिने उद्देश्यका साथ बिहीबार दुई संस्थाका बीचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

बिहीबार एक कार्यक्रमका बीच आईएनआई सिनेमाका प्रबन्ध निर्देशक भिमसेन कँडेल र एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले सम्भौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आगामी असोज २ देखि ५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने दशौं संस्करणको फर्निचर एक्स्पोका अवलोकनकर्ताहरुले दैनिक रुपमा गोलाप्रथाबाट आईएनआई सिनेमाको टिकट पाउने छन् । प्रचार–प्रसारका साथै सेवाग्राहीलाई चाडपर्वको समयमा सिनेमा हेर्दा सहुलियत होस् भन्नका लागि यस्तो सम्झौता गरिएको आईएनआई सिनेमाका सञ्चालक गृहेन्द्र मुनंकर्मीले बताए ।

‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आगामी असोज २ देखि ५ गतेसम्म एक्स्पो आयोजना गर्दैछ । एक्स्पोका संयोजक सम्येकमान सिंहका अनुसार पहिलो पटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुल्ला बजार पनि सञ्चालन हुनेछ । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताहरुले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् । किस्ताबन्दीका साथै धेरैभन्दा धेरै छुटका सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरिने पनि उनले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise