२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

बजाजको ग्रान्ड कार्निभल : नयाँ खरिद र साटासाट गर्ने सुविधा

ADV
मध्यान्ह
२०८१ असोज ८ गते १४:००
बजाजको ग्रान्ड कार्निभल : नयाँ खरिद र साटासाट गर्ने सुविधा

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल आयोजना गरेको छ ।

विजयादशमी तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

यस ग्रान्ड कार्निभलअन्तर्गत ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुका साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्रमार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन् ।

यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाइक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन् ।

कार्निभल यही असोज ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा जारी रहनेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise