२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

शुक्रबारदेखि भृकुटीमण्डमा अन्तर्राष्ट्रिय पर्यटन मेला

ADV
मध्यान्ह
२०८१ जेठ ३१ गते २१:२१
शुक्रबारदेखि भृकुटीमण्डमा अन्तर्राष्ट्रिय पर्यटन मेला

काठमाडौं : काठमाडौँको भृकुटीमण्डमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला आयोजना हुँदै छ । मेलाको आयोजक समिट इभेन्ट्स मार्केट्सले बिहिबार सम्मेलन गरी नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्यटन मेला हुन लागेको जानकारी दिएको हो ।

समिट इभेन्ट्स मार्केट्सका प्रबन्ध निर्देशक एवं मेलाका संयोजक विष्णु पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको जानकारी दिए । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको मुख्य सहयोग रहेको उक्त मेलामा एक हजारभन्दा बढी अवलोकन कर्ताको सहभागिता रहने संयोजक पाण्डेले बताए । 

मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालको अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धधन गर्न नयाँ अवसरको सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहने बताईएको छ । मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलंका, चीन, थाइल्याण्ड, दुबई, बंगलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । मेलामा एक करोडभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise