२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

५८ अंकले नेप्से घट्दा २३३ कम्पनीको शेयर मूल्यमा गिरावट

ADV
मध्यान्ह
२०८१ असोज ८ गते १५:२४
५८ अंकले नेप्से घट्दा २३३ कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौंः सोमाबार ५९.०२ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार पनि भारी अंकको गिरावट आएको छ । आज शेयर ५८ दशलमव ९३ अंकले घटेर दुई हजार चार सय ७० दशलमव ३९ को विन्दुमा कायम भएको छ । आज १० कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ । एक कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज अपर स्याङगे हाइड्रो शेयर मूल्य बढ्ने कम्पनीको पहिलो नम्बरमा छ । यस कम्पनी शेयर मूल्य आज ७ दशलमव ८३ प्रतिशतले बढेको हो । साथै नविल ग्रोथ फन्डका इकाईनीको शेयर मूल्य ४ दशलमव ५८ प्रतिशतले बढेको छ । 

आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ७७ हजार दुई ६४ पटक किनबेच हुँदा पाँच अर्ब ६८ करोड ९५ लाखमाथिको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शेयर बारोबार एनएलजी इन्स्योरेन्सले गरेको छ । आज यस कम्पनीले १८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार गरेको हो । साथै सानिमा रिलायन्स लाइफले १७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise