२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

उदयपुरमा मलामी बोकेको बस दुर्घटना

ADV
बिन्द्र राई
२०८१ असोज ८ गते २१:५२
उदयपुरमा मलामी बोकेको बस दुर्घटना

उदयपुर : उदयपुरको बेलका नगरपालिका वडा नं. ८ स्थित सेतीखोलामा  मंगलबार मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । 

चतराबाट रामपुरतर्फ मलामी बोकेर फर्किंदै गरेको प्रदेश १ ९०२९००१ ‘ख’ ८२५३ नम्बरको बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल खसेका थियो । 

घाइतेहरूमध्ये १७ जनाको बेलका नगर अस्पतालमा र १२ जनाको धरान घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ, जसमा ३० वर्षीया मिरा पौडेल, ६२ वर्षीय कविराज खत्री, ५० वर्षीय रुद्र कार्की र ५६ वर्षीय जय कुमार वि.क रहेका छन् । बाँकी २५ जनाको अवस्था सामान्य रहेको छ, जसमा १५ पुरुष र १० महिला छन् ।

बसका चालक सुनसरी, बराहक्षेत्र नगरपालिका भण्डारीटार निवासी ३५  वर्षीय शम्भु शाहलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट चालकले मदिरा सेवन नगरेको र दुर्घटनाको कारण यान्त्रिक समस्या हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise