२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबारमा भने गिरावट

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १५:१५
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबारमा भने गिरावट

काठमाडौंः बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अंकले बढेको छ । आज शेयर ४९ दशलमव १८ अंकले बढेर दुई हजार पाँच सय १९ दशलमव ५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ । तीन कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । आज विन नेपाल लघुवित्त, न्यादी हाइड्रो, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।

आज ३२७ कम्पनीको एक करोड २४ लाख ९८ हजार नौ सय ८९ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ८१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको यो रकम मंगलबारको तुलनामा न्यून हो । हिजो ३०९ कम्पनीको एक करोड ५५ लाख ४ हजार नौ सय २९ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ६८ करोड ९५ लाखमाथिको शेयर कारोबार भएको थियो । 

आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै अरुण भ्याली हाइड्रोको १३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 


 

ADVADV

सम्बन्धित खबर

Advertise