२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

फोहोर संकलनका नाममा लिँदै आएको कर हटाउन माग

ADV
सुनिल आउजी
२०८१ जेठ ३१ गते २२:२२
फोहोर संकलनका नाममा लिँदै आएको कर हटाउन माग

धनगढी : नेकपा एमाले धनगढीले धनगढी उपमहानगरपालिकाले फोहोर संकलनका नाममा लिँदै आएको कर हटाउन माग गरेको छ ।

बिहीबार नेकपा एमाले धनगढी उपमहानगर कमिटीले मेयर गोपाल हमाललाई ज्ञापनपत्र बुझाउँदै फोहोरमाथि लगाइएको कर हटाउन माग गरेको हो । 

उपमहानगर कमिटीकी नवनिर्वाचित अध्यक्ष अम्बिका बिष्ट मल्लले पछिल्लो समय धनगढी उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा लगाएको करबाट नगरवासी आतंकित भएका कारण फोहोरमा लगाइएको कर हटाउन माग गरिएको बताइन् ।

जनताका आधारभूत आवश्यकताभित्र पर्ने स्वास्थ्य र सरसफाइ जस्तो क्षेत्रमा समेत कर लगाउनु अव्यवहारिक छ ज्ञापनपत्रमा भनिएको छ,‘स्वास्थ्य र सरसफाइ स्थानीय सरकारको प्रमुख दायित्व रहेका कारण उपमहानगरवासीमा दिइने सेवाबारे दायित्वबोध हुन जरुरी छ, आम नागरिकले दैनिक जीवन निर्वाह गर्दा हरेक शिर्षकमा सरकारलाई तिर्दै आएको कर यति धेरै छ, की आम्दानी कर, घरबहाल कर, मालपोत, व्यवसाय कर, अनेकौँ शिर्षकमा कर तिरिरहनु परेको छ ।’

नागरिकले सबै क्षेत्रमा राज्यलाई कर बुझाएपनि फोहोरको समेत कर लगाउनु अव्यवहारिक रहेको गुनासो बढेपछि उपमहानगरका मेयर गोपाल हमालको ध्यानाकर्षण गराइएको कमिटी अध्यक्ष मल्लले बताइन् । 

‘नेकपा एमाले हरेक जनताका जनजीविकाका सवालमा विगतबाटै आवाज उठाइरहेको छ,’ उनले भनिन् ‘जनताका समस्या सम्बोधन होउन, राज्यलेनै जनतालाई हरेक क्षेत्रबाट मारमा पार्ने काम नगरोस्, आफ्नो दायित्व राज्यले पूरा गरोस् भन्ने हाम्रो माग हो, हामी जनतालाई परेका पिर मर्का सधैँ उठाउने छौँ, यस विषयमा मेयर साप गम्भीर हुनुहुने छ भन्ने अपेक्षा लिएका छौँ ।’

ADVADV

सम्बन्धित खबर

Advertise