२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ऐनविपरीत स्वकीय सचिव राखेर तलब भुक्तानी

ADV
सुनिल आउजी
२०८१ जेठ ३१ गते २२:२५
ऐनविपरीत स्वकीय सचिव राखेर तलब भुक्तानी

धनगढी : गोदावरी नगरपालिका प्रमुख र उप–प्रमुखले ऐन विपरीत स्वकीय सचिव राखेर खर्च गरेको पाइएको छ ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार प्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख सारदा रोकायाले ऐन विपरीत स्वकीय सचिव राखेर तलब भुक्तानी गरेको पाइएको हो । प्रमुख तथा उपप्रमुखका स्वकीय सचिवलाई झण्डै ८ लाख रुपैयाँ भुक्तानी समेत गरिएको छ ।

सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव र सल्लाहकार राख्न नपाउने व्यवस्था छ ।

तर गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबै जनाले स्वकीय सचिव राखेर ऐन विपरीत भुक्तानी समेत गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ ९८० मा तोकिएकोभन्दा फरक पदमा कर्मचारी पदपुर्ति गर्न नहुने उल्लेख छ । तर नगर प्रमुखको स्वकीय सचिवलाई आर्थिक वर्ष २०७९÷८० को मात्र चार लाख १५ हजार ३ सय ७५ रुपैयाँ उपलब्ध गराएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise