२०८१ असोज १० गते बिहिवार / Sep 26 , 2024 , Thursday
२०८१ असोज १० गते बिहिवार

बससेवाबाट ४ सय ३३ गन्तव्यमा दशैंको अग्रिम टिकट बुकिङ गर्न सकिने

ADV
मध्यान्ह
२०८१ असोज ९ गते २१:३४
बससेवाबाट ४ सय ३३ गन्तव्यमा दशैंको अग्रिम टिकट बुकिङ गर्न सकिने

काठमाडौं : अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंको अग्रिम टिकट बुकिङ खुला गरेको छ । बुकिङको प्राविधिक काम पूरा गरेको बससेवाले काठमाडौं र पोखराबाट देशभरका ४४ गन्तव्यमा जाने बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो । अब यात्रुहरुले अनलाइनबाटै दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । 

बससेवाले ४४ गन्तव्यको मात्र टिकट बुकिङ खुला गरिएका बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । खनालकाअनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । साथै दसैंमा गएका यात्रुहरुले फर्किन पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमा नै बसेर टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ । 

नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने बससेवाले जनाएको छ । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise