२०८१ असोज १० गते बिहिवार / Sep 26 , 2024 , Thursday
२०८१ असोज १० गते बिहिवार

ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

ADV
मध्यान्ह
२०८१ असोज ९ गते २१:३७
ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं : ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी बेबी वार्मर प्रदान गरेको छ । बैंकले धादिङको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो । 

ज्योति विकास बैंकको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ भोग्टेनीमा अवस्थित उक्त अस्पतालमा बेबी वार्मर जडान गरेको हो । ग्रामिण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरुको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई मध्यनगर गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण उक्त अस्पतालमा प्रदान गरहेको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत् नेत्रावती डबजोङ अस्पताल सहित हालसम्म ४७ वटा मेसिनहरु प्रदान गरिसकेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise