२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, १५ अर्ब ५८ करोड डलर सञ्चिति (पूर्णपाठ)

ADV
मध्यान्ह
२०८१ असोज १० गते १३:५५
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, १५ अर्ब ५८ करोड डलर सञ्चिति (पूर्णपाठ)

काठमाडौँ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । 

बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । 

सार्वजनिक विवरणमा साउन महिनासम्म १५ अर्ब ५८ करोड डलर सञ्चिति रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो ।

एक महिनामा २ प्रतिशतले डलर सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ । नेपाली रुपैयाँमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर हो ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

यस्तै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । यसैगरी  शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको बैंकको भनाइ छ । 

पूर्णपाठ
 


ADVADV

सम्बन्धित खबर

Advertise