२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

नेप्से परिसूचकमा ३२.८१ अंकको गिरावट, कारोबार चार अर्बमा खुम्चियो

ADV
मध्यान्ह
२०८१ असोज १० गते १५:३५
नेप्से परिसूचकमा ३२.८१ अंकको गिरावट, कारोबार चार अर्बमा खुम्चियो

काठमाडौंः साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३२ दशलमव ८१ अंकले घटेर दुई हजार चार सय ८६ को विन्दुमा कायम भएको छ । आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ । चार कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज विन नेपाल लघुवित्त शेयर मूल्य बढ्ने कम्पनीको पहिलो नम्बरमा छ । आज यस कम्पनीको शेयर मूल्य नौ दशमलव ८५ प्रतिशतका दरले बढेको हो। । साथै बोटलर्स नेपाल बालाजूको शेयर मूल्य पाँच प्रतिशतका दरले बढेको छ ।

आज ३२२ कम्पनीको एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ८४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथैएनएलजीको १७ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise