२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

एक महिनामा भित्रियो एक खर्ब ३६ अर्ब बढी रेमिट्यान्स

ADV
मध्यान्ह
२०८१ असोज १० गते १७:२१
एक महिनामा भित्रियो एक खर्ब ३६ अर्ब बढी रेमिट्यान्स

काठमाडौंः आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा विप्रेषण आप्रवाह रु. एक खर्ब ३६ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भइ रु. एक खर्ब ३६ अर्ब ९३ करोड पुगेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार नौ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार छ सय ४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार एक सय ५२ र १६ हजार चार सय २३ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. एक खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब २८ अर्ब २१ करोड रहेको थियो 

ADVADV

सम्बन्धित खबर

Advertise