२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

‘हाम्रो बजार’ले शुरु गर्‍यो बाइ नाउ, पे लेटर

ADV
मध्यान्ह
२०८१ असोज १० गते २०:५८
‘हाम्रो बजार’ले शुरु गर्‍यो बाइ नाउ, पे लेटर

काठमाडौं : अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा नाउ, पे लेटर फिचर सार्वजनिक गरेको छ । फिचरलाई हाम्रो बीएन पीएल नाम दिइएको छ । अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन् । किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने हाम्रो विश्वास छ । 

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ–आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्नेछन् । हाम्रो बीएनपीएलमार्फत् ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिना नै सुविधा उपभोग गर्न सक्ने बताईएको छ । हाम्रो बजारको हाम्रो बीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise