काठमाडौं : फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेडका कार्यकारी प्रमुख विशाल दीप अधिकारीले मस्ट पायोनियरिङ रि इन्स्योरेन्स ब्रोकिङ सीईओ २०२४’ प्राप्त गरेका छन् । उनलाई ‘सीईओ मन्थ्ली युके’द्वारा प्रदान गरिएको ‘ग्लोबल सीईओ एक्सिलेन्स अवार्ड’ मा ‘मस्ट पायोनियरिङ रि इन्स्योरेन्स ब्रोकिङ सीईओ २०२४’ उपाधि प्राप्त गरिएको हो । यो सम्मान नेपालको बीमा र पुनर्बीमा क्षेत्रमा उनको नेतृत्व र योगदानलाई मूल्यांकन गर्दै प्रदान गरिएको हो ।
सो अवार्डले दूरदर्शी अग्रणीहरुलाई सम्मान गरेको छ, जसले आफ्ना संस्थाहरुमा मात्र नभई उद्योग र समुदायमा पनि नयाँ मापदण्डहरु स्थापना गरेका छन् । अधिकारीले फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सको नेतृत्व गर्दै स्थानीय बीमा कम्पनीका कर्मचारीहरुलाई तालिम प्रदान गर्ने कार्यक्रम र बीमा तथा पुनर्बीमा उद्योगमा नवीनतम प्रवृत्तिहरुको जानकारी दिन न्यूज लेटर प्रकाशन जस्ता विभिन्न पहलहरु अघि सारेका छन् । यसका साथै, अधिकारीले विभिन्न कलेजका विद्यार्थीहरुलाई बीमा तथा पुनर्बीमा सम्बन्धी ज्ञान प्रदान गरेका छन् । जसले बीमा र पुनर्बीमा सिद्धान्तहरुको विस्तार गर्न मद्दत पुर्याएको छ ।