२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

सिद्धार्थ बैंकले ल्यायो ‘दशैं दुई गुणा रिवार्ड अफर’

ADV
मध्यान्ह
२०८१ असोज १० गते २१:००
सिद्धार्थ बैंकले ल्यायो ‘दशैं दुई गुणा रिवार्ड अफर’

काठमाडौं : सिद्धार्थ बैंकले आउँदै गरेको महान् चाड विजया दशमीलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । बैंकले ‘दशैं दुई गुणा रिवार्ड अफ’ सार्वजनिक गरेको हो । उक्त योजनाअन्तर्गत ११ देखि ३० असोजसम्म गरिएको सिद्धार्थ बैंकको कार्ड वा मोमाइल बैंकिङ कारोबारमा ग्राहकहरुले २ गुणा बढी प्वाइन्ट प्राप्त गर्नेछन् ।

सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरिएको खरिद (पीओएस तथा ई–कमर्स) र मोबाइल बैंकिङबाट गरिएको टपअपका आधारमा रिवार्ड्समा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यसरी आर्जन गरेको प्वाइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्टजस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ ।

सिद्धार्थ बैंकले सो अफरमार्फत् ग्राहकहरुलाई डिजिटल कारोबारको लाभ मात्र नभई उनीहरुको बैंकप्रतिको विश्वासलाई पनि अझ बलियो बनाउन प्रयोग गरेको छ । उक्त योजनाले ग्राहकहरुको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नेमा बैंक विश्वस्त छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघिदेखि ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise