२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मनसुनले दिइरहेको सन्देश

ADV
२०८१ जेठ ३२ गते ०६:५५
मनसुनले दिइरहेको सन्देश

केही दिन यता बाढी, पहिरोका कारण पुगिरहेको क्षतिको विवरण सार्वजनिक हुन थालेको छ । आमसञ्चार माध्यमहरुमा आएको समाचार अनुसार, बिहीबार मात्रै संखुवासभाको खाँदबारी नगरपालिका–१ मा पहिरोले तीन घर सहित एउटा गोठ बगाएको छ । बिहीबार नै चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित त्रिशुली नदीमा बगेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । सनसुन सुरु भइरहँदा भएका यी प्रतिनिधि घटना हुन् । किनकि मनसुन देशभर पुग्नै बाँकी छ । राजधानी उपत्यका सहित देशका अधिकांश भू–भागमा गर्मीले जनजीवन नराम्रोसँग प्रभावित भइरहेको छ । गर्मीले बस्नै नसकिने अवस्था सिर्जना हुँदा तराई मधेशका जिल्लाहरुमा बालबालिका बेहोस् बनेको सूचना सार्वजनिक भइरहेको छ । अर्थात् एकातिर गर्मी बढिरहेको, सुख्खा मौसमले बसोबासमा कठिनाइ भइरहेको समाचार आइरहेको छ भने अर्कातिर बाढी र पहिरोबाट क्षतिको विवरण सार्वजनिक भइरहेको छ । 

मनसुन देशभर फैलदा बाढी, पहिरो र डुबानका घटना अझ बढ्ने स्वभाविक प्रक्रिया हो । वर्षेनि बाढी, पहिरो र डुबानबाट ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति हुने गरेको छ । यो वर्ष अझ प्रकोपका कारण क्षति धेरै हुन सक्ने अनुमान गर्न सकिन्छ । किनकि लामो समय वर्षा नहुँदा आगलागीका कारण देशभरका जंगलमा आगलागी भएको छ । आगलागीका कारणले जंगल बिनास भएकाले वर्षाबाट धेरै क्षति हुन सक्छ । बाढी र पहिरो धेरै हुनुको अर्थ डुवानको समस्या बढ्नु पनि हो । 

त्यसैले मनसुन सक्रिय भइरहँदा पूर्वतयारीबारे आवश्यक ध्यान पुर्‍याउन आवश्यक छ । संसदीय संसदमा कतिपय सांसदले पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराएको पनि सुनिएको छ । उनीहरुले सचेत नगराएको अवस्थामा पनि सरकारले आवश्यक तयारी गर्न आवश्यक छ । मुलुकमा तीन तहको सरकार भएकाले समन्वयको बढी महत्व छ । बाढी, पहिरो र डुवानबाट नागरिकको जीवन रक्षामा स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच समन्वय हुन जरुरी छ । प्रकोप टार्न नसकेपनि यसबाट पुग्ने क्षति न्यूनिकरण गर्न सकिन्छ । क्षति न्यूनिकरण गर्न प्रकोपबाट बच्ने पूर्वतयारी हो । पूर्व तयारीमा पनि वैज्ञानिक र व्यवस्थित प्रक्रिया अपनाउन आवश्यक छ । विशेषगरी उद्धार, राहत र पुनस्र्थापनाको संगती मिलाउन तीन तहको सरकारबीच समन्वय हुन जरुरी छ । 
 

ADVADV

सम्बन्धित खबर

Advertise