२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण अधिकारी नियुक्त

ADV
मध्यान्ह
२०८१ असोज ११ गते १३:१३
सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण अधिकारी नियुक्त

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् । २०६४ सालमा बैंकको आरम्भदेखि नै सिटिजन्स बैंकमा आबद्ध उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् ।

उनीसँग २० वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् ।

उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पोरेट कम्युनिकेशन विभागसमेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

सिटिजन्स बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise