२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

राष्ट्रिय सभागृहमा आइतबारदेखि दशैँ महोत्सव

ADV
मध्यान्ह
२०८१ असोज ११ गते १६:५६
राष्ट्रिय सभागृहमा आइतबारदेखि दशैँ महोत्सव

काठमाडौंः  ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूलनाराका साथ यही असोज १३ गते आइतबारदेखि ‘घरेलु उद्यमी मेला तथा दशैँ महोत्सव २०८१’ आयोजना हुने भएको छ । आज पत्रकार सम्मेलन गरी घरेलु तथा साना उद्योग सङ्घ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने उक्त मेलाबारे जानकारी गराइएको हो । 

मेला आयोजक समितिका संयोजक जीतेन्द्रकुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौंका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनको जिल्लास्तरीय औद्योगिक प्रदर्शनी गर्न लागिएको जानकारी दिए । महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगको सहभागिता रहने उनले बताए ।

मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टल रहने जनाइएको छ । प्रदर्शनीसँगै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका आकर्षणको रुपमा रहेने आयोजकको भनाइ छ ।  

घरेलु तथा साना उद्योग सङ्घ काठमाडौंकी अध्यक्ष पद्मकुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन र बजारीकरण गरी स्वदेशी वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताइन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise