२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

‘नमस्ते पे’ले ल्यायो आकर्षक क्यासब्याक अफर

ADV
मध्यान्ह
२०८१ असोज ११ गते २०:४१
‘नमस्ते पे’ले ल्यायो आकर्षक क्यासब्याक अफर

काठमाडौं : चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरुमा आकर्षक क्यास ब्याकको नयाँ अफर शुरु गरेको छ । सो अफर अन्तर्गत, नमस्ते पे मार्फत् उडान टिकट खरिद गर्ने यात्रुहरुले प्रत्येक टिकटमा तुरुन्तै एक सय रुपैयाँ क्यास ब्याक पाउने भएका हुन् ।

नेपाल टेलिकमका सेवाहरु जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटिटिएच र एडीसीएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरुले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरुले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक हरेक टिकट र हरेक पटकको टप–अप तथा बिल भुक्तानीमा लागू हुने कम्पनीले जनाएको छ । साथै प्रयोगकर्ताहरुले नमस्ते पे मार्फत् जति धेरै लेनदेन गर्नेछन, उति नै धेरै क्यासब्याक पाउनेछन् । सो योजना असोज देखि आगामी कार्तिक ३० गतेसम्म लागू हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise