२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

स्वस्थानी यातायातले सञ्चालनमा ल्यायो सुपर एसी बस

ADV
मध्यान्ह
२०८१ असोज ११ गते २०:४२
स्वस्थानी यातायातले सञ्चालनमा ल्यायो सुपर एसी बस

काठमाडौं : काठमाडौं पोखरा रुटमा स्वस्थानी यातायात (एयर बस)ले सुविधा सम्पन्न अन्तराष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएको छ । आउँदै गरेको चाडपर्व लक्षित गरि सो ट्राभल्सले सुविधा सम्पन्न सोफा सीट जडान गरिएको दुईवटा बसबाट सेवा शुरु गरेको हो ।

छोटो समयमा नै थप बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यात्रुहरुको सुविधालाई ध्यानमा राखेर आधुनिक सोफा सेट, एसी, हीटर, मोबाइल चार्जर पोइन्ट र वाइफाइको समेत सुविधा रहेको सञ्चालक ईश्वर थापाले बताए । हाललाई सो यातायातले पोखरा र काठमाडौंबाट दिउँसोको समयमा सेवा सुचारु गरेको छ । 

उक्त बसको टिकट अनलाइनमार्फत् पनि खरिद गर्न सकिने सञ्चालकहरुले बताएका छन् । उक्त बस सेवाको शुक्रबार राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वारले उद्घाटन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise