२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई इभी स्कुटर प्रदान

Nada
२०८१ असोज ११ गते २०:४३
Shares
इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई इभी स्कुटर प्रदान

काठमाडौं : ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण  कार्यक्रमका विजेताहरुलाई दुईवटा इभी स्कुटर हस्तान्तरण गरेको छ । विजेताहरुलाई काठमाडौं म्याराथन अन्तर्गत स्पोर्ट्स फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कुटर प्रदान गरेका हुन् ।

ncell

योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफूले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरु चयन गरिएको थियो । जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई  पनि ध्यान दिइएको छ । उनीहरुले गरेको मेहनत र धैर्यले काठमाडौं म्याराथनको लागि तयार बनाएको आयोजकले जनाएको छ । विजेताहरुलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखनीय संलग्नता जनाएबापत सम्मानित  गरिएको हो । 

इन्ड्राइभका एशिया प्यासेफिकका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन, ‘हाम्रा लगनशील ड्राइभरहरुको उपलब्धिलाई यसरी मनाउन पाउँदा हामीलाई खुशी लागेको छ, योरपेस पहलहरुमार्फत् हामी मानिसहरुलाई व्यावसायिक रुपमा मात्र नभएर व्यक्तिगत रुपमा पनि सशक्त बनाउन चाहन्छौँ ।’

ताजा खबर

सम्बन्धित खबर