२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिटबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ असोज ११ गते २०:४४
राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिटबीच सम्झौता

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतासँगै विश्वभर रहेका नागरिकहरुले निओ रेमिट तथा युनाइटेड रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स अब बैंकका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । 

दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुविधा प्राप्त गर्न सक्ने साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुने बैंकले जनाएको छ ।

सम्झौतामा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनी ट्रान्सफर प्रालि (नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका थिए । साथै युनाइटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise