२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड 

ADV
मध्यान्ह
२०८१ जेठ ३२ गते १२:४१
प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड 

काठमाडौं- विगत १० वर्ष देखि अन्तरराष्ट्रिय एअरलाईन्स् टिकेटिङ् सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाइन्सले ६ महिनामा ८ अवार्ड जितेको छ । टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्सबाट कम्पनीले विभिन्न विधामा ८ अवार्ड जित्न सफल भएको हो ।

 

आफ्नो स्थापना काल देखि निरन्तर विभिन्न किसिमका अवार्डहरु प्राप्त गर्न सफल प्रवास ट्राभल एण्ड टुर्सले २०२३ र २०२४ मा पनि विभिन्न अन्तर्राष्ट्रिय एअरलाईन्सको एअर टिकट विक्री गर्दाको सङ्ख्या, मूल्य र सेवाका आधारमा विभिन्न वायुसेवा कम्पनीले प्रदान गर्ने अवार्ड जितेको थियो ।  हालै आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाएको प्रवास ट्राभल एण्ड टुर्सले आफ्नो अनलाईन ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कमको सेवामा थप अभिवृद्धि गरेको छ भने प्रवास होलिडेज्को स्थापना तथा संचालन समेत शुरु गरेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise