काठमाडौं : घरेलु टोली नेपालले जारी यू–१८ साफ च्याम्पियनसिप फुटबलमा भुटानसँग लजास्पद हार ब्यहोरेको छ । समूह ए अन्तर्गत आज भएको अन्तिम खेलमा नेपालले भुटानसँग ३–० को हार ब्यहोरेको हो ।
आजको हारसँगै नेपालको सेमिफाइनलमा स्थान बनाउने सम्भावना न्यून भएको छ । विजयी भुटानले भने अन्तिम चारमा स्थान पक्का गरेको छ ।
हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल अगाडी बर्षा भएपछि दुबै टिमका खेलाडीलाई खेल्न केहि असहज भएको थियो । २९ औं मिनेटमा नेपाल शिसिर खेलीको क्रसमा मनिश थापाले गरेको हेडलाई भुटानका गोलकिपरले बचाए । त्यसको अर्को मिनेटमा फेरी नेपालले मौका पाएको थियो तर त्यसका पनि नेपाली खेलाडी चुक्न पुगे ।
त्यसपछि ३९ औं मिनेटमा नेपालले अर्को मौका सिर्जन गरेको थियो । नितिन थापाको प्रहारलाई फेरीपनि भुटानी गोलकिपरले बचाए । तर ४०औं मिनेटमा नेपालले गोल खान पुग्यो । नेपालको डिफेन्सको लाप्सेसका कारण भुटानका यासी दोर्जीले गोल गर्न सफल भए । उनले दुई पटकको प्रयासमा गोल गरेका थिए ।
एक गोलले पछि परेको नेपालले खेलमा फर्कन दबाव दिएको थियो । तर नेपालको फ्रन्टलाई चुक्न पुग्यो । जसका कारण उसले पहिलो हाफमा एक शुन्यले पछि पर्नुपर्यो ।
पहिलो हाफको तुलनामा नेपालले दोस्रो हाफमा केहि आक्रामक फुटबल खेलेको थियो । नेपालले ५६ औं मिनेटमा राम्रा अवसर पाएको थियो । तर नितिन थापाले बललाई कनेक्ट गर्न सकेनन् ।
६६ औं मिनेटमा भुटानका केन्ली दोर्जीको प्रहार बारमा लागेर फर्किन पुग्यो । त्यसको लगत्तै नेपालले पनि गोलको मौका सिर्जना गरेको थियो । तर नेपालका कप्तान जया गुरुङको हेडको प्रयास पोष्ट नजिकैबाट बहिरीयो ।
८६ औं मिनेटमा भुटानले पेनाल्टीको अवसर पायो । जसलाई केल्जाङ जिग्मीले गोल गर्न सफल भए । त्यसपछि खेलको अन्तिममा उनले नै गोल गर्दै नेपाललाई तीन शुन्यले स्तब्ध बनायो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies