२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

सानिमा बैंकलाई ‘आइएसओ २७००१’ प्रमाण

ADV
मध्यान्ह
२०८१ असोज १३ गते २१:२७
सानिमा बैंकलाई ‘आइएसओ २७००१’ प्रमाण

काठमाडौं : सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ । बैंकले ग्राहकलाई सूचना तथा प्रविधिमा आधारित रहेर सेवा प्रवाह दिएकोमा आइएसओ २७००१ः२०२२ प्राप्त गरेको जनाएको छ । बैंकले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ । बैंकले जारी गरेको विज्ञप्तिमा ग्राहकका सूचना तथा तथ्यांकको सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको र प्रमाणीकरणले थप जिम्मेवार बनाएको पनि उल्लेख छ ।

यसवाहेक बैंकले सूचना प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्डका आधार व्यवस्थापन गर्दै आएको पनि उल्लेख गरेको छ । सो मूल्यांकन एएमटीआईभीओ समूहले गरेको बताइएको छ । बैंकले अनलाइन बैंकिङ सेवासहित सातै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम नेटवर्कमार्फत् ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise